ad ad

राजनीति


भूकम्पको तीन दिन बित्यो, सरकारी राहत कोषमा उठ्यो जम्मा २ करोड २२ लाख

भूकम्पको तीन दिन बित्यो, सरकारी राहत कोषमा उठ्यो जम्मा २ करोड २२ लाख

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १९:५६, काठमाडौँ

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा जम्मा २ करोड २२ लाख २१ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार सोमबार अपरान्हसम्म सो रकम जम्मा भएको हो। 

अहिलेसम्म् बुद्ध एयरको १ करोड, भाटभटेनी सुपरमार्केटको १ करोड ११ लाख ११ हजार १ सय १, एलपी ग्यास उद्योगको ११ लाख ११ हजार जम्मा भएको स्रोतले नेपालखबरलाई जानकारी दिए। 

भूकम्प लगत्तै राहत तथा उद्धारका लागि सहयोग घोषणा गर्नेहरूको प्रतिस्पर्धा नै चलेपनि सरकारी कोषमा भने रकम संकलन हुन नसकेको हो। 

प्रदेश सरकार, स्थानीय तह, उद्योगी, व्यवसायी तथा संघ संस्थाहरूले राहत घोषणा गरेपनि अहिलेसम्म रकम उपलब्ध नभएको प्रधानमन्त्री कार्यालयका एक सदस्यले नेपालखबरलाई बताए। 

‘जुन मात्रामा सहयोग घोषणा भएको छ, त्यो उपलब्ध हुन सकेको छैन,’ ती सदस्यले भने। गत शुक्रबार राति गएको भूकम्पबाट १ सय ५३ जनाको निधन भएको सरकारले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .