काठमाडौंको हेराल्ड कलेजका ३३४ जना विद्यार्थी दीक्षित भएका छन्।
सोमबार होटेल याक एण्ड यतीमा वार्षिक दीक्षान्त समारोह आयोजना गरी कलेजले विद्यार्थीलाई दीक्षित गरेको हो।
दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएका स्नातक विद्यार्थीमध्ये २७२ जना बिएससी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्।
कम्प्युटर साइन्समा उच्च अंकसहित स्नातक गरेकी अभिनव प्रसाईलाई प्रतिष्ठित स्नातकोत्तर ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ती’ प्रदान गरिएको कलेजले जनाएको छ।
यस छात्रवृत्तिले प्रसाईलाई आईएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षा लिन मिल्नेछ।
इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले सो कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए।
उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको धारणा राखे। अध्यक्ष बुढाथाकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे।
समारोहमा हेराल्ड कलेज काठमाडौंको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सर्जिन मोंप्लले भनिन्,‘म यो गौरव गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ।’
दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको कम्पनीको भनाई छ।
Shares
प्रतिक्रिया