ad ad

राजनीति


भूकम्पपीडितको समस्या लिएर जाँदा गृहमन्त्रीले भेटसमेत दिएनन् : रास्वपा

भूकम्पपीडितको समस्या लिएर जाँदा गृहमन्त्रीले भेटसमेत दिएनन् : रास्वपा

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १७:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको बताएका छन्।

रुकुम र जाजरकोटका सीडीओले मन्त्री र सांसदलाई स्वागत गरेर बस्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कार्यमा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन आफूले गृहमन्त्रीलाई भेट्न खोज्दा नपाएको उनको गुनासो थियो।

सोमबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भए पनि भूकम्प पीडितलाई राहत दिने काममा सीडीओहरूलाई लगाउन सरकारसँग आग्रह गरे।

उपसभापति अर्यालले भने, ‘रुकुम र जाजरकोटमा भूकम्प गयो। सीडीओ साहेबहरू चाहिँ  माननीय र मन्त्रीहरूलाई स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ।

मैले गृहमन्त्रीज्यूलाई भेटेरै काठमाडौंबाट दुई जना सहसचिव पठाइदिनुस् स्वागत गर्नका लागि। त्यहाँ बसेर उहाँहरूले स्वागत गर्नु हुन्छ। सीडीओहरूलाई चाहीँ काम गर्न लगाउनुस् भन्न गएको, उहाँले भेट्न समय नै दिनु भएन।’

उपसभापति अर्यालले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .