ad ad

राजनीति


रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १८:४३, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन्।

उनले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको बताए। उनले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडी बढ्ने बताए।

‘अदालतले जुन आदेश, फैसला गर्छ सरकारले त्यसलाई सम्मान गर्छ। अदालतको निर्णय सरकारले पालना गर्छ। कतिपय विषयहरू सरकारले निर्णय गर्छ। ती विषयहरू अदालतमा जान्छन्। ती निर्णयमा कहिलेकाही अदालतले फरक आदेश पनि गर्न सक्छ। ती आदेशहरू पालना गर्छ,’ उनले भने, ‘त्यसैले हरेक निर्णयमा राजीनामाको कुरा आउन थाल्यो भने हरेक फैसला हुँदै जाँदा राजीनामा दिदैँ जाने त्यो कति सम्भव हुनसक्छ, यस विषयमा छलफल गर्नु पर्दैन। हरेक विषयमा जोगिएर निर्णय गर्नुप¥यो। संविधान, नियम, कानूनलाई ध्यानमा राखेर निर्णय गर्नुप¥यो। त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो। संविधान मिचिएको होइन यस सम्बन्धमा सरकारले निर्णय गर्दाखेरी अझै राम्रो सँग बिचार गर्नुपथ्र्यो तर अब चाहीँ अदालतको निर्णयलाई सम्मान गर्छौ। अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ।’

मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .