ad ad

राजनीति


अर्थमन्त्री डा.महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेटवार्ता

अर्थमन्त्री डा.महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेटवार्ता

नेपालखबर
कात्तिक १५, २०८० बुधबार ११:५६, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।  

भेटका अवसरमा नेपाल(बेलायतबीचको द्विपक्षीय सम्बन्धका बिभिन्न विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ। 

भेटमा अर्थमन्त्री महतले विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गरेका छन्। 

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानीयोग्य पुँजीमा कमी भएको जानकारी अर्थमन्त्री महतले गराएका थिए। 

उनले नेपालमा वाह्य लगानीको आवश्यकतामाथि जोड दिए। उनले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित उर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वासमेत व्यक्त गरे। उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरेका छन्। 

जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भुमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत अर्थमन्त्री महतले आग्रह गरे। 

उनले भूतपूर्व गोर्खाहरुका बाँकी मागहरुको सम्बोधनका लागि पनि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गरे। परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरिन्। 

उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफु सकारात्मक रहेको बताइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .