ad ad

राजनीति


महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १६:१०, काठमाडौँ

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

उनीहरूबीच मंगलबार दिउँसो सिंहदबारस्थित कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको सचिवालयले जनाएको छ। 

गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्किएलगत्तै अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता भएको हो। 

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको बताउँदै नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सिद्वान्तमा पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए।

उनले  विद्यमान विश्व परिवेशमा देखा परिरहेको चुनौतीहरुको सन्दर्भमा संयुक्त राष्ट्रसंघले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि ब्यक्त गरे।

संयुक्त राष्ट्र संघले विश्वशान्तिका लागि निरन्तर पैरवी गर्दै आएकोमा शान्तिको पक्षधर नेपाल संघप्रति आभार प्रकट गर्दै  शान्ति स्थापनाका लागि विश्वका विभिन्न मुलुकहरूमा संयुक्त राष्ट्र संघले परिचालन गर्ने शान्तिसेनामा नेपालले सहभागिता जनाउँदै आएको उनले स्मरण गराए।

संयुक्त राष्ट्रसंघ लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रही आएकोमा धन्यवाद दिँदै अध्यक्ष तिमिल्सनाले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा संयुक्त राष्ट्र संघ र यसका निकायहरूको सहयोगको हामीले अपेक्षा गरेको बताए। 

‘नेपाल जस्तो राष्ट्रले दिगो बिकास लक्ष्य हाँसिल गर्नका लागि स्रोत साधनको कमी छ’, उनले भने, ‘दिगो बिकास लक्ष्य हासिल गर्नका लागि सहयोगका क्षेत्रहरु विस्तार हुनेछन भन्ने बिश्वास लिएको छु।’ 

भेटमा महासचिब गुटेरेसले शान्ति प्रकृयामा नेपालले पुर्‍याएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभाबकारी बनाउने विश्वास दिलाए।

उनले जलवायु परिर्वतनबाट परेको प्रभाव प्रत्यक्ष अनुभुत गरेको बताउँदै यसका असर न्युनीकरणका लागि र पिडीत राष्ट्रहरुले भोगिरहेको समस्या प्रति जानकार रहेको बताए।

यसअघि गुटेरेसले आइतबार नै उच्चस्तरीय भेटवार्ता गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग उनले आइतबार नै भेट गरेका थिए। 

महासचिव गुटेरेसले आजै संघीय संसदमा सम्बोधन गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .