ad ad

समाज


काभ्रेमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

काभ्रेमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १६:११, काठमाडौँ

काभ्रेको पनौतीमा मंगलबार ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

पनौती नगरपालिका–२ सिलाभन्ज्याङमा कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा४ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

सो घटनामा ट्रक चालक काभ्रेको पनौती नगरपालिका–२ कुशादेवी बस्ने वर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका २ बस्ने वर्ष ५० को शिवविक्रम केसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बेथानचोक–२ की ४५ वर्षीया सारदा तिमल्सिना गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .