संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विभिन्न तीन सुझाव दिएका छन्।
आइतबारदेखि नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्।
उनले संक्रमणकालीन न्यायको विषय टुंगोमा पुर्याउँदा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड, पीडित परिवार समुदाय र मानवअधिकारका विषयलाई हेक्का राख्नुपर्ने बताए।
उनले शान्ति प्रक्रिया टुंगो लगाउँदा पीडितको पक्षमा ध्यान दिन सुझाव दिए।
नेपाल शान्ति र जनताको अधिकारको पक्षमा लामो समयदेखि वकालत गरिरहेको देश रहेको उनको भनाई छ। ‘शान्ति प्रक्रियाका पक्षमा नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ,’ उनले भने।
सम्बन्धित समाचार:
‘नेपालको शान्ति प्रक्रिया टुंगो लगाएर पीडितलाई न्याय दिलाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड र मानवीय अधिकारका विषयलाई हेक्का राख्नुपर्छ।’
साथै, उनले इजरायल–हमास युद्धमा बन्धक बनाइएकाहरूलाई बिनासर्त रिहाई गर्नुपर्ने पनि बताए।
‘हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु,’ उनले भने।
Shares

प्रतिक्रिया