ad ad

राजनीति


शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भूमिका खेल्नका लागि गुटेरेससँग आग्रह गरेका छौं : प्रधानमन्त्री

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भूमिका खेल्नका लागि गुटेरेससँग आग्रह गरेका छौं : प्रधानमन्त्री

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १५:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिने औपचारिक भ्रमणमा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग जलवायु परिवर्तनका विषयमा गम्भीर रुपमा छलफल भएको बताएका छन्। 

आइतबार सिंहदरबारमा महासचिव गुटेरेसलाई स्वागत गरेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

साथै, नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराउँदै महासचिव गुटेरेसलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेको पनि जानकारी गराएको पनि उनले बताए। 

‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ। त्यसलाई टुंगोमा पुर्याउन पनि संयुक्त राष्ट्रसंघका महासचिवको हैसियतमा महत्त्वपूर्ण भूमिका हुने हामीले भनेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हितका विषयमा छलफल भएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .