राजनीति


एमसीसीका कुनै पनि बुँदामा समस्या छैनः प्रधानमन्त्री

एमसीसीका कुनै पनि बुँदामा समस्या छैनः प्रधानमन्त्री

नेपालखबर
माघ १५, २०७६ बुधबार ७:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा भ्रम नपाल्न आग्रह गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओली एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम फैलाइएको बताए।

प्रधानमन्त्री ओलीले एमसीसीका कुनै पनि बुँदामा समस्या नरहेको प्रस्ट पारे।

सन २००४ मा स्थापना भएको अमेरिका सरकारको सहयोग निकाय भएको प्रधानमन्त्री ओलीले जनाकारी दिए।

सुशासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रता लगायतकाका निश्चित परिसूचकका आधारमा विश्वका विकसनशील राष्ट्रको छनौट गरेर गरिबी घटाउन सहयोग गर्ने एमसीसी कार्यक्रम भएको उनको भनाइ थियो।

उनले एमसीसीमार्फत हुने सम्झौता अनुसार प्राप्त रकम विकासमा मात्र खर्च गर्न पाइने सर्त र सैन्य क्षेत्रमा खर्च गर्न नपाइने सम्झौता भएको उनको दावी थियो।

उनले एमसीसी सम्झौता कार्यान्वयन गराएर जान नसक्दा अनावश्यक विवाद र खर्च बढेको उनको भनाइ थियो। ‘एमसीसीमा विवाद गर्नुपर्दैन, यो सहायता हो। यसमा होच्याउने कुरा छैन’, उनले भने।

उनले एमसीसीलाई इन्डोप्यासिफिकसँग जोड्नु बेकार भएको बताए। उनले एमसीसीमार्फत प्राप्त रकम नेपालको प्राथमिकताका आधारमा खर्च गर्न हुने भन्दै नेपालको कानून विपरीत सम्झौता नगर्ने समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad