ad ad

राजनीति


कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौं : प्रचण्ड

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौं : प्रचण्ड

नेपालखबर
असोज २७, २०८० शनिबार १६:१८, काठमाडौँ

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन्।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सांसद कार्कीलाई वर्तमान केन्द्रीय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने दाबी गरेका हुन्। 

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बोल्दै कांग्रेस सभापति  शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग कुरा गरेको बताउँदै गठबन्धन टुट्न नदिने बताए।

कोशीमा कार्किलाई विश्वासको मत दिएर गठबन्धन जोगाउनले प्रचण्डको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले कोशीमा गठबन्धनकै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको पनि दाबी गरेका छन्। 

कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्‍याउँदै शनिबार बिहान कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो।

कार्कीले आइतबार मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .