ad ad

राजनीति


कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

नेपालखबर
असोज २७, २०८० शनिबार १०:४, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता केदार कार्की नियुक्त भएका छन्।

शनिबार बिहान ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई हस्ताक्षरमा सनाखत गराएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि कांग्रेसका ८ जनासहित ४७ सांसदकै हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङलाई निर्णय गर्न गाह्रो भएको थियो।  

त्यसपछि उनले आज दुवै पक्षलाई प्रदेश प्रमुख कार्यालयमा आई हस्ताक्षरमा सनाखत गर्न भनेका थिए। त्यस क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगी हस्ताक्षरमा सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्न सफल भएका हुन्।  

आङ्बो पक्ष भने आफूतिर पनि हस्ताक्षर गरेका कांग्रेसका ८ सांसद कार्कीकै पक्षमा सनाखत गर्न गएपछि अल्पमतमा पर्‍यो। जसका कारण आङ्बो पक्षका सांसद सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय नै गएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .