ad ad

कोशी


मुख्यमन्त्री बन्न असफल आङ्बोको प्रतिबद्धता : गठबन्धनप्रति सधैँ इमानदार रहनेछु

मुख्यमन्त्री बन्न असफल आङ्बोको प्रतिबद्धता : गठबन्धनप्रति सधैँ इमानदार रहनेछु

नेपालखबर
असोज २७, २०८० शनिबार १२:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले वर्तमान सत्ता गठबन्धनप्रति आफू र आफ्नो दल प्रतिबद्ध रहने बताएका छन्। 

गठबन्धनको निर्णयप्रति विद्रोह गरी नेपाली कांग्रेसका नेता केदार कार्की कोशीको मुख्यमन्त्री बन्न सफल भएलगत्तै वक्तव्य जारी गरी आङ्बोले आफू गठबन्धन र सत्ता सहकार्यमा इमानदार रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि भएका घटनाक्रमको सिलसिला उल्लेख गर्दै उनले लेखेका छन्, ‘अन्त्यमा, हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधैँ इमानदार र प्रतिबद्ध रहने छ।’ 

यस्तो छ आङ्बोको पूरा भनाइ-

सार्वजनिक जानकारीको निम्ति...
-गठबन्धन खासगरी का‌ंग्रेसकै आग्रहमा हामी एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भयौं।

-गठबन्धनको कठिन अंक गणितको बाबजुद बहुमत पुर्‍याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दलसँग हुँदा पनि गठबन्धनको संवेदनशीलतालाइ ख्यालमा राखेर मुख्यमन्त्रीमा कांग्रेसको दाबीलाइ हामीले स्विकार गर्‍याैँ। 

-पहिलोपटक सरकार गठनमा का‌ंग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौं।

-मुख्यमन्त्रीको नियुक्ति सर्बोच्चले बदर गरेपछी का‌ंग्रेसकै नेतालाइ मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुखसमेत राजीनामा गराएर बहुमत सहित सरकार गठन गर्न तयार भयौं।

-२/२ पटक का‌ंग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछि गठबन्धन भित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधारसहित प्रदेशलाइ स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबी गरेका हौं।

-हामीले गठबन्धन र सत्ता सहकार्य का‌ंग्रेससँग गरेको हो, गुट/उपगुट र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं का‌ंग्रेसकै हो, पार्टीको आधिकारिक निर्णय का‌ंग्रेसले किन लागू गर्न सकेन। यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेसको कुरा हो।

-सत्ता गठबन्धनभित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआवस् भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनुभएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं।

-प्रदेश सरकार गठनमा सुविधाजनक बहुमत र विश्वासको मत प्राप्त गर्ने भरोसासहित केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुले मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरेको निर्णयप्रति सधैं आभारी रहने छु। तपाईंहरुले गर्नुभएको विश्वास र भरोसा डगमगाउन दिने छैन। 

अन्त्यमा, हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधैँ इमानदार र प्रतिबद्ध रहने छ। धन्यवाद 
                         इन्द्र आङ्बो
                           दल नेता
                नेकपा माओवादी केन्द्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .