राजनीति


अध्यक्षद्वयकाे संयुक्त प्रतिवेदनमा के के समेटे दाहालले?

अध्यक्षद्वयकाे संयुक्त प्रतिवेदनमा के के समेटे दाहालले?

सागर न्यौपाने
माघ १४, २०७६ मंगलबार १७:२२,

सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा सीमा, राष्ट्रियताको विषय, नेता र कार्यकर्तालाई विकास निर्माणको अभियानमा जाेड्ने कार्यक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवै अध्यक्षको संयुक्त प्रतिवेदनको रुपमा दाहालले पेश गर्ने सो प्रतिवेदन दाहालले ओलीसँग परामर्श गरेर तयार पारेका हुन्।

उक्त प्रतिवेदन सार्वजनिक भूमिका, संगठन र उत्पादनसंग जोडिने गरि नयाँ विधिको विकासमा केन्द्रित रहेको नेकपाका एक नेताले जानकारी दिए।

मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदन पेश गरिएको थियो।

सो प्रतिवेदनमाथि छलफल हुँदा नेताहरूले दिएको सुझाव समावेश गरेर परिमार्जनसहित नयाँ विषय र कार्यक्रम समेत थप गरी प्रचण्डले प्रतिवेदन तयार पारेका हुन्।

‘प्रतिवेदनको आधार स्थायी समितीमा पेश भएको प्रतिवेदन र त्यसमाथि साे समितिमा छलफलका क्रममा उठेका विषय, तिनको सम्बोधन, अभियान र जनपरिचालनको विषयसहित केही नयाँ विषय समावेश छन्’ स्रोतले भन्यो, ‘नेकपा सचिवालयले हालै जारी गरेको ११–बुँदे आचारसंहिताको व्यवहारिक कार्यान्वयनलाई प्रतिवेदनले जोड दिएको छ।’

राजनीतिक प्रतिवेदन लेखनको काम अध्यक्ष प्रचण्डले मंगलबार विहान मात्रै सकाएका थिए। उक्त प्रतिवेदनलाई मंगलबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेको उनीनिकट एक नेताले बताए।

उनकाअनुसार त्यसमा सचिवालय सदस्यहरूले दिएको सुझाव र केही संसोधनसहित बैठकले पारित गरेको थियो।

प्रतिवेदनमा पछिल्लो दिन नेपाल भारत सीमामा देखिएका समस्या समाधान गर्न चाल्नुपर्ने कदम, सरकारको काम र त्यसलाई जनतासंग जोड्न अभियान चलाउनुपर्नेमा जोड दिएको स्रोतले जनायो।

प्रतिवेदनलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केही सुझावसहित पास गरेको खबर पाएको प्रचण्डनिकट एक नेताले नेपालखबरलाई जानकारी दिए।

राष्ट्रिय सभागृहमा साे बैठक अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछी प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संसोधनको प्रस्ताव पेश गर्ने, सातै प्रदेशका इन्चार्जले प्रदेश अवस्थाको रिपोर्ट पेश गर्ने र समसामयिक विषयमा छलफल गर्ने सचिवालयले एजेन्डा तय गरेको छ।

नेकपाको ४४१ सदस्यीय जम्बो केन्द्रीय समितिमा छलफल व्यवस्थित गर्नका लागि बर्णानुक्रमअनुसार १५ टोली बनाएर ३ ठाउँमा छलफल गरिने तयारी छ। प्रचण्डले पेश गरेको प्रतिवेदनमाथी बुधबारदेखि नै छलफल शुरु गर्ने बताइएको छ।

सचिवालयले गरेको तयारी अनुसार बैठकको उदघाटन र उद्घाटन मन्तव्य प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गर्नेछन् भने अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

याे पनि:
नेकपा केन्द्रीय समिति बैठक: १५ समूह, काठमाडौंका ३ ठाउँमा छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad