राजनीति


दबाब, तनाव र चुनौतीमा छु : प्रधानमन्त्री प्रचण्ड

दबाब, तनाव र चुनौतीमा छु : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असोज २६, २०८० शुक्रबार १९:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरूलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए।

साथै, उनले समाज भनेको राजनीतिमात्रै नभइ अन्यत्र पनि समाज भएको अनुभुति भएको पनि बताए।

‘हामी राजनीतिकर्मीहरू अझ जिम्मेवारीमा भएकाहरूलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतीको बीचमा रहनुपर्ने हुन्छ। आज पनि मेरो दिन त्यस्तै थियो र छ। यही बीचमा पनि केही चिटहरू आए, कुराहरू आए। यस्तो बीचमा मानव सेवा आश्रमले असहायको सेवाको निम्ति यस वर्षको चाढ पर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान लाँदै हुनुहुन्छ, सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ,’ उनले भने, ‘समाज भनेको राजनीतिमात्रै होइन, अरु पनि पक्ष छन् जस्तो लागेको छ। धर्म, जिम्ेमवारीको अर्को झनै महत्वपूर्ण पाटो छ, जस्तो महसुस भयो।’

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मावमुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिवद्ध रहेको बताए।

‘यो धेरै महान काम हो। देशलाई सडक मावमुक्त घोषणा गर्नेकुरा जुन नीति, कार्यक्रममा राख्यौँ, वास्तवमै भन्ने हो भने त्यो मानव सेवा आश्रमको काम होइन। सरकारको काम हो। हामी सबै मिलेर सडक मानवमुक्त देश बनाउने भनेर घोषणा गरेका हौँ। सरकारको तर्फबाट सकेसम्म सहयोग गर्नेछौँ,’ उनले भने।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताए। 

कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताए। उनले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो काम अन्यत्र नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad