ad ad

राजनीति


अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन

नेपालखबर
असोज २६, २०८० शुक्रबार १५:१, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावका विषयहरू कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सो संकल्प प्रस्तावमा जनाउनु भएको प्रतिवद्धतासमेतको आधारमा सम्बन्धित मन्त्रालय, निकाय र सरोकारवालाहरूले एकीकृत कार्य योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। 

त्यसैगरी सभाले हरेक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र सो सम्बन्धि वार्षिक कार्य प्रगति प्रतिवेदनमा सभामा पेश गर्न सरकारलाई निर्देश गरेको छ।

अध्यक्ष तिमिल्सिनाले सो संकल्प प्रश्तावमा उल्लेख गरिएका विषयहरुको कार्यान्वयनको सम्बन्धमा निरन्तर अनुगमन गर्न पनि सभा अन्तर्गतका विषयगत समितिहरुलाई सचेत गराए।

‘माननीय सदस्यहरु, सभाबाट सर्वसम्मतिले स्वीकृत अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव उल्लेखित विषयहरूको कार्यान्वयनका लागि सम्माननीय प्रधानमन्त्रीले सभामा व्यक्त गर्नुभएका प्रतिवद्धता समेतका आधारमा अन्तरमन्त्रालय, निकाय, तह र सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरी एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गर्न र हरेक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र वार्षिक कार्य प्रगति प्रतिवेदन सभा समक्ष पेश गर्न नेपाल सरकारलाई यो सभा निर्देशन गर्दछ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘साथै सभा अन्तर्गतका विषयगत समितिहरूले आफ्नो कार्य क्षेत्रसँग सम्बन्धित उक्त संकल्प प्रश्तावमा उल्लेखित विषयहरुको कार्यान्वयनका सम्बन्धमा निरन्तर अनुगमन गर्न समेत निर्देशन गर्दछु।’

बैठकमा सांसदहरुले विगतमा सभाबाट पारित गरिएका संकल्प प्रस्तावहरू कार्यान्वयन नगरेको भन्दै सरकारको आलोचना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .