ad ad

राजनीति


मधेशमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल

मधेशमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल

नेपालखबर
असोज २६, २०८० शुक्रबार १४:५५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन्। शुक्रबार मधेशी आयोगको बार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोवास गर्दै आएको बताए।

उनले मधेशी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको स्पष्ट पारे। उनले भने, ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। मधेशमा पनि भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ।’

राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको बताएका छन्।

प्रतिवेदन बुझाउदै मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगले मधेश र मधेशीको परिभाषा तय गरेको बताउँदै मधेशी समुदायको जात र थरको पनि सूचीकरण गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .