ad ad

राजनीति


इजरायलमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री

इजरायलमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री

नेपालखबर
असोज २६, २०८० शुक्रबार ९:५३, काठमाडौँ

परराष्ट्र मन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको बतएका छन्।

इजरायलबाट नेपाली नागरिकसँगै गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि मन्त्री साउदले सञ्चारकर्मीलाई यस्तो जानकारी दिएका हुन्।

उनले युद्धग्रस्त क्षेत्रमा रहेका अन्य मुलुकका नागरिकहरुको सुरक्षाप्रति इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताए।

मन्त्री साउन नेपाली नागरिकलाई लिन इजरायल गएको चार्टर विमानमै त्यता गएका थिए। 

इजरायलको तेल अभिभ विमानस्थलमा इजरायलका विदेशमन्त्री आफूलाई भेट्न आएको तर नेपाली जहाज डिले हुँदा भेट हुन नसकेको जानकारी दिए।

इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपाल फर्किन ५५७ जनाले विवरण उपलव्ध गराएको बताए। त्यसमध्ये ५०३ ले तुरुन्तै नेपाल फर्काउन अनुरोध गरका जानकारी दिए।

‘हामीले २५४ जनालाई सुरक्षित रुपमा नेपाल ल्याएका छौँ,’ उनले भने, ‘इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ। आक्रमणबाट घाइते भएका चारमध्ये एक जना आज हामीसँगै फर्किएका छन्। बाँकी तीन जनाको इजरायलमै उपचार चलिरहेको छ। आक्रमणपछि बेपत्ता भएका विद्यार्थी विपिन जोशीको खोजी निरन्तर भइरहेको छ।’

उनले हमासको आक्रमणबाट मारिएका १० जना नेपालीको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको जानकारी दिए। ‘इजरायलबाट शव ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्ने देखिएको छ,’ उनले भने, ‘त्यतिन्जेल धेर्य गर्न म अनुरोध गर्दछु।’

उनले इजरायलबाट नेपाल फर्किन चाहने नेपाली नागरिक नियमित जहाजबाट पनि आउन सक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .