प्रदेश २ सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन्।
मंगलबार राज्यमन्त्री झाले मुख्यमन्त्री समक्ष पदबाट राजीनामा दिएकी हुन्।
‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादार पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बावजुद पनि स्थिति अनुकुल हुने अवस्थामा नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा गरेकी छु।’
उनी राजपा नेपालको तर्फबाट राज्यमन्त्री थिइन्। असन्तुष्ट हुँदै पदबाट राजीनामा गरेको झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनी राजपा संयोजक मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन्।
राजपाका राज्यमन्त्रीहरुले आफूहरुलाई मन्त्रीहरुले केही अधिकार नदिएको, कार्यप्रत्यायोजन नगरेको गुनासो गर्दै आएका छन्।
प्रतिक्रिया