राजनीति


इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ : प्रभु साह

इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ : प्रभु साह

नेपालखबर
असोज २३, २०८० मंगलबार १५:७, काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए। उनले कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताउँदै उनले सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको बताए।

‘इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता हो यो। कतै न कतै कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ। त्यो देश पहिलाबाट नै युद्धरत छ। ती दुवै पक्षबीच युद्धमा नै थियो। त्यहाँको राजदुत के गरेर बसेको थियो,’ उनले भने, ‘मेरो सुझाव सरकारले त्यो राजदुतलाई निलम्वन गर्नुपर्छ। फिर्ता बोलाउनुपर्छ। त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो। बाहिरि कुरा देखाएर हुँदैन। सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गरेपछि यस्तै हुन्छ। सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ।’

सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad