ad ad

राजनीति


ओलीभन्दा प्रचण्ड धेरै ‘स्ट्यान्डर्ड’, राजनीतिक चरित्र भएको मान्छे : दुर्गा प्रसाईं

ओलीभन्दा प्रचण्ड धेरै ‘स्ट्यान्डर्ड’, राजनीतिक चरित्र भएको मान्छे : दुर्गा प्रसाईं

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८० मंगलबार ११:३३, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘राजनीतिक चरित्र भएको मान्छे’ भएको टिप्पणी गरेका छन्।

मोसो प्रकरणको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतप्रति आक्रोश पोखेका हुन्। 

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा प्रसाईंलाई केही युवाले मोसो दलेका थिए।

यस क्रममा उनले ओलीमा राजनीतिक चरित्र नभएको आरोपसमेत लगाए। बरु प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठहरूमा राजनीतिक चरित्र देखिएको उनले बताए।  

‘हजुरबुवा (केपी शर्मा ओली) लाई म के भन्छु भने नि- तपाईंले जस्तो विरुवा आज रोप्नुभएको छ नि! तपाईंभन्दा त यो कुरामा धेरै स्ट्यान्डर्ड हुनुहुँदोरछ प्रचण्ड। प्रचण्डको विषयमा पनि बोलियो नि! तर प्रचण्डले आजसम्म जवाफ फर्काउनुभएको छैन’, उनले भने, ‘यीँबाट कति कुरा हुन्छ भने राजनीतिक चरित्र भएको मान्छे त प्रचण्ड नै देखियो नि त आज। नारायणकाजीहरू नै देखियो नि त राजनीतिक चरित्र भएका मान्छे। यस्तो पनि राजनीति हुन्छ? यल्लाई राजनीति भन्छ? गणतन्त्रमा बोल्न नपाउने!’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .