ad ad

राजनीति


महेश बस्नेतको टिप्पणी : दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन्

महेश बस्नेतको टिप्पणी : दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन्

फाइल फाेटाे : एमाले नेता महेश बस्नेत


नेपालखबर
असोज २२, २०८० सोमबार २१:५५, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गरेका छन्।  

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा मेडिकल व्यवसायी प्रसाईंलाई केही युवाले कालो मोसो दलेका थिए।

सोही घटनाप्रति टिप्पणी गर्दै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्। जनप्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाई!’

युवा संघ, नेपाल नेकपा एमालेको भ्रातृ संगठन हो भने बस्नेत यसका पूर्वअध्यक्ष हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .