ad ad

राजनीति


एमसीसी अनुमोदनमा भएको ढिलाइ नै समस्याको कारण : देउवा

एमसीसी अनुमोदनमा भएको ढिलाइ नै समस्याको कारण : देउवा

नेपालखबर
माघ १४, २०७६ मंगलबार ८:३३,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई तत्काल अनुमोदन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा सभामुख अग्नि सापकोटालाई बधाई तथा शुभकामना दिँदै उनले नेपाललाई आर्थिक सहयोग हुने एमसीसीको अनुमोदनमा भएको ढिलाइले समस्या आएको बताए।

‘नेपालको बिजुली भारतलाई बेच्ने हो भने आवश्यक पर्ने पूर्वाधारको विकासका लागि आएको एमसीसीको सहयोग लिएर जाँदा फाइदा हुन्छ’, उनले भने, ‘मुलुककै लागि फाइदा हुने विषय किन रोकेको, यसलाई रोकिनु हुँदैन अघि बढाइनुपर्छ।’

सभापति देउवाले कोरोना भाइरसले नेपालमा पनि त्रास पैदा गरेको भन्दै कोरोना भाइरस जोखिम न्युनीकरण गर्न विमानस्थलमा २४ घण्टै डेस्क निर्माण गर्न माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .