राजनीति


अपराधिक व्यक्तिलाई आममाफी दिएर सरकारले जनता रुवायो : राजेन्द्र पाण्डे

अपराधिक व्यक्तिलाई आममाफी दिएर सरकारले जनता रुवायो : राजेन्द्र पाण्डे

नेपालखबर
असोज २१, २०८० आइतबार १६:३४, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाल आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

व्यक्ति त्याजस्तो अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रोएको उनको भनाइ थियो। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महंगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरे। 

उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए।

‘संघीयतालाई कमजोर बनाउने गतिविधिहरु अहिले पनि केही भइराखेका छन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने खालको अपराधिक गतिविधिमा संलग्न व्यक्ति जो जेलको सजाय पाइराखेका थिए। त्यस्ता व्यक्तिलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौं। अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिईरहेका छैनौं,’ उनले भने, ‘विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यो काम गर्न सकिरहेका छैनौं। महंगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौं। यस्ता खालको कुराहरूमा विशेष ध्यान पु¥याउन जरुरी छ। हामीले अहिले ल्याएको विद्यालय शिक्षा विधेयक पनि अपुरो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad