राजनीति


राष्ट्रपतिलाई भेटेर विवेकशील साझा पार्टीका पदाधिकारीले के भने?

राष्ट्रपतिलाई भेटेर विवेकशील साझा पार्टीका पदाधिकारीले के भने?

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका क्रममा विवेकशील साझा पार्टीका पदाधिकारी।


नेपालखबर
असोज २०, २०८० शनिबार ७:११, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संवर्द्धन अभियान’बारे जानकारी गराएका छन्।

पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा।सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेको हो। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका क्रममा विवेकशील साझा पार्टीका पदाधिकारी।

राष्ट्रपतिलाई भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धन का लागि यसका आधार स्तम्भ राष्ट्रपति, अदालत तथा संवैधानिक निकायको गरिमा बचाइराख्न विशेष ध्यानाकर्षण गराइएको विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। 

लोकतन्त्रको संस्थागत विकास र नागरिकको समृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरूको भूमिका उल्लेख्य रहने भएकाले तिनलाई दलीयकरणबाट मुक्त गर्नुपर्ने आफ्नो पार्टीको ठहर राष्ट्रपतिलाई अवगत  गराइएको उनले बताए। 

प्रतिनिधि मण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दललाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्द्धन  गरेर मुलुकको समृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेको विवेकशील साझा पार्टीका प्रवक्ता आशुतोष प्रधान जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad