ad ad

राजनीति


एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

वाशुदेव मिश्र
असोज १८, २०८० बिहिबार २३:३९, काठमाडौँ

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी बनेका छन् ।  

लमजुङका मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट उनी अध्यक्ष चयन भएका हुन् । नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उनी यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै थिए । अध्यक्षमा शर्मा विजयी हुँदा उपाध्यक्षसहित सबै पदाधिकारीमा पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन् । 

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ १९२ मतले विजयी बन्दा नवलपुरका बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय बेहोरे । मीनले ५३४ मत ल्याएका थिए । सचिवमा नवराजपक्षीय लमजुङका धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो । 

महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन् । उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मतमा चित्त बुझाइन् ।

कास्कीका दामबहादुर  विक र म्याग्दीका सन्तोष रावलबीच अर्को उपसचिवमा भएको भिडन्तमा १५३ ले बाजी मारे । विकले ५२० र रावलको पक्षमा ३६७ मत गयो ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .