ad ad

राजनीति


समाज अनुशासित बनाउन सुरुमा शीर्ष नेताहरू अनुशासित बन्नुपर्छ : सांसद सापकोटा

समाज अनुशासित बनाउन सुरुमा शीर्ष नेताहरू अनुशासित बन्नुपर्छ : सांसद सापकोटा

नेपालखबर
असोज १८, २०८० बिहिबार १५:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले शीर्ष नेताहरू अनुशासित हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले नीतिहरूको माउ नीति राजनीति भएका नाताले राजनीतिज्ञहरू सबैभन्दा बढी अनुशासित हुनुपर्ने बताएका हुन्। 

‘समाजलाई अनुशासित बनाउने हो भने सबैभन्दा नीतिहरूको माउ नीति राजनीति हुनुको नाताले राजनीतिज्ञहरू अनुशासित हुनुपर्छ। त्यसमा पनि शीर्ष नेताहरू स्वः अनुशासित हुनुपर्छ। किन यस्तो भइरहेको होला?,’ सांसद सापकोटाले प्रश्न गर्दै भने, ‘सबैभन्दा पहिला शीर्ष नेता र राजनीतिज्ञ जिम्मेवार हुनुपर्छ भन्न चाहन्छु।’

साथै, उनले समाजमा धार्मिक र साम्प्रदायिक घटनाका श्रृङ्खलाहरू अगाडि बढेको भन्दै सामाजिक सञ्जालको नियमन समेत हुनुपर्ने बताए। 

‘नेपालगञ्ञ कफ्युले घेरिएको छ। देशैभरी जातीय र साम्प्रदायिक प्रकारका घटनाक्रमका श्रृङ्खलाहरू अगाडी आइरहेका छन्। सामाजिक सञ्जाल हेरिसक्नु छैन। चिकित्सक र प्राध्यापकहरू सुरक्षित छैनन्। नागरिकहरूले तिखो आँखाले सदनलाई हेरिरहेका छन्,’ सांसद सापकोटाले भने, ‘यो सदनको चित्र हेरौं, पूर्वप्रधानमन्त्रीहरू घन्टौं  भाषण गर्नुहुन्छ। यस्ता सवालका बारेमा सन्देश सम्प्रेण गर्ने, अराजकता कन्ट्रोल गर्ने कुरा आउँदैन। बरू उल्टै विस्तृत शान्ति सम्झौता आकर्षित हुने, संविधानको मर्मविपरित बोल्ने देश समाज कता जाँदैछ र सिंगै समाजले को सँग आशावादी भएर योगदान गर्ने?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .