ad ad

राजनीति


नेपाल कुनैपनि बेला शक्ति राष्ट्रबीचको शिकार बन्ने खतरा छ : अध्यक्ष लिङदेन

नेपाल कुनैपनि बेला शक्ति राष्ट्रबीचको शिकार बन्ने खतरा छ : अध्यक्ष लिङदेन

नेपालखबर
असोज १६, २०८० मंगलबार १८:४१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन्।

राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत,वर्तमान र भविष्य विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा स्थानमा परिणत भइरहेको बताए। अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गर्दै अध्यक्ष लिङदेनले नेपालले देश–देशहरूसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए।

‘अहिले नेपालको परराष्ट्र नीति छैन भनेपनि हुन्छ। सरकारले देश–देशहरूसँग गरिरहेको सम्बन्ध भनेको आफ्नो सत्ता कसरी टिकाउनेमा केन्द्रित छ। यस्तो घिनलाग्दो छ। सरकारले लिने ऋण सहयोग पनि कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेपछि सहयोग गर्ने नेपाललाई हेर्ने दृष्टिकोण कस्तो होला। अहिले विश्व राजनीतिमा आएको बदलाव र जुन भूराजनीतिक परिस्थितिमा नेपाल छ,’ लिङ्देनले भने, ‘यो सामान्य अवस्थामा छैन। हामी सामान्य अवस्थामा छैनौं। अहिले सत्तारुढ पार्टी र मुख्य पार्टीहरुको विदेश सम्बन्ध भनेकै सत्ता केन्द्रित सम्बन्ध भएको र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको छ। विदेशीहरूको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन। चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन।’

उनले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरे। विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको उनले बताए। 

अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताउँदै उनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित  र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको अरोप लगाए। 

विदेशीहरूको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरू रहेको बताए। 

‘सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ। त्यो अनुसारको क्रियाकलाप भइरहेको छ। त्यसले गम्भिर परिस्थिति निम्त्याइरहेको छ। अहिले नेपाल शक्ति राष्ट्रहरूको प्रतिष्पर्धा स्थानमा परिनत भएको छ। सरकारको कमजोरीको कारण कुनैपनि बेला शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको सिकार नेपाल बन्नसक्ने खतरा छ,’ उनले भने, ‘नेपालले शक्ति राष्ट्रहरू र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी छ। कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने,लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने सम्बन्ध हुनुपर्छ। नेपालले सम्बन्ध राखेका देशसँग सम्बन्ध राख्दा अन्य कुनै पनि देशलाई समस्या पर्दैन भन्ने ग्यारेन्टी प्रदान गर्छौं भन्ने कुरा सरकारले अन्य देशलाई बुझाउन सक्नुपर्छ।’

उनले नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .