ad ad

राजनीति


उपमहासचिव गुरुङले भने : रास्वपा चटकेहरुको पार्टी, युवालाई भड्काए, भ्रम छरे

उपमहासचिव गुरुङले भने : रास्वपा चटकेहरुको पार्टी, युवालाई भड्काए, भ्रम छरे

एमालेको प्रदेश अधिवेशनमा बोल्दै पृथ्वीसुब्बा गुरुङ। तस्बिर : वाशुदेव मिश्र


नेपालखबर
असोज १५, २०८० सोमबार १४:३९, पोखरा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवाहरुलाई दिग्भ्रमित गरेको आरोप लगाएका छन्। 

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनका क्रममा उनले अहिलेका युवाहरुले फेसबुक र टिकटक हेर्ने गरेको बताउँदै सामाजिक सञ्जालमार्फत् नै रास्वपाले उनीहरुलाई भड्काएको जिकिर गरे। 

‘चटकेवालाले राजनीतिक दल खोजिरहेका छन्। उनीहरुसँग नीति, कार्यक्रम र योजना छैन। योजनाबिनाको पार्टीले कुनै विकास गर्न सक्छ? यस्तो चटक रुस, भारतमा र अन्य देशमा पनि देखियो। लोकप्रियतावादले देशको भलो गर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै योजना, नीति र भिजन छैन। यसले युवाहरुलाई दिग्भ्रमित गरिरहेको छ’, गुरुङले भने। 

उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानलाई पनि नाटकको संज्ञा दिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसलाई पालेर यो देशको समृद्धि आउन नसक्ने पनि उनले बताए। 

प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताकी श्रीमतीमाथि अनुसन्धानको सियो सोझिएपछि अनुसन्धान नै प्रभावित पारेको पनि बताए। 

माधव नेपालले गत चुनावमा तीन प्रतिशत मत पनि नपाएको प्रसंग निकाल्दै भने, ‘केपी ओलीलाई नेता मानेर एमालेभित्र प्रवेश गर्नुस्, खुद्रे पसल राखेर अब तपाईंको राजनीति चल्दैन।’

उनले अहिले ‘राजा आऊ देश बचाऊ भन्ने नारा लागिरहेकोतर्फ पनि आफ्ना भनाइ राखे। ‘सामन्तवाद र राजतन्त्रका कुरा नगरौँ। अब संघीय लोकतान्त्रिक गणतन्त्र राजतन्त्रमा फर्किन सक्दैन’, उनले भने। 

गुरुङले पार्टी अध्यक्ष केपी ओलीको प्रशंसामा पनि धेरै शब्द खर्चिए। एमालेले भन्दै आएको मिसन २०८४ भनेको फेरि केपी ओलीलाई प्रधानमन्त्री बनाउनु रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .