एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन्।
‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन। केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ,’ एमाले गण्डकीको प्रथम अधिवेशनलाई संवोधन गर्दै उनले भने, ‘कुनै जंगलमा दुईवटा सिंह हुँदैन। कि हारेर बस्छ, कि हिजोजस्तो वामदेव र माधव नेपालजस्तो। कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन। ६७४३ वडामा एकैदिन अधिवेशन ग¥यौं। त्यही माधव नेपाल भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन हुँदैनथ्यो। यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो।’
उनले पार्टीमा एकता चाहिएको बताउँदै विभाजनले शक्ति प्राप्त हुन्छ भन्ने २०५४ सालमा कमरेड वामदेवले लगाएको कुरा फत्तुर रहेछ भन्ने पुष्टि भइसकेको जिकिर पनि गरे।
Shares
प्रतिक्रिया