ad ad

राजनीति


एमालेको प्रदेश अधिवेशनमा राति मतदान गरिएकोप्रति भीम रावलको असन्तुष्टि

एमालेको प्रदेश अधिवेशनमा राति मतदान गरिएकोप्रति भीम रावलको असन्तुष्टि

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार १३:२१, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले आफ्नै दलको आन्तरिक निर्वाचन अस्तव्यस्त भएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

एमालेले निर्वाचन मार्फत् विभिन्न प्रदेशको नेतृत्व चयन गरिरहेको छ। बागमती र लुम्बिनीमा निर्वाचन मार्फत् नेतृत्व चयन गरेको एमाले यतिबेला कर्णाली र कोशीमा नेतृत्व चयनको तयारीमा छ। त्यसको लागि ती प्रदेशमा यतिबेला मतगणना चलिरहेको छ। 

नेता रावलले आफ्नै दलको आन्तरिक निर्वाचन निश्चित विधि र प्रक्रियाबाट नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले पूर्व निर्धारित समय विपरित मतदान र मतगणनाको समय लम्व्याइएको, राति राति मददात गराइएकोप्रति प्रश्न गर्दै त्यसबाट स्वच्छ र स्वस्थ राजनीतिलाई सहयोग नपुग्ने बताएका हुन्।

‘दलको आन्तरिक निर्वाचन निश्चित विधि र प्रक्रियाबाट हुनुपर्छ। उम्मेदवारी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, मतदान र मतगणना गर्ने काम समयबद्ध हुनुपर्छ,’ नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाधिवेशनरअधिवेशन लम्ब्याएर अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राति मतदान गराउने काम र प्रवृत्तिले स्वच्छ र स्वस्थ राजनीतिको विकासमा सहयोग पुग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .