ad ad

राजनीति


मूल्यवृद्धिको विरोधमा रास्वपाले गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

मूल्यवृद्धिको विरोधमा रास्वपाले गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

नेपालखबर
असोज १४, २०८० आइतबार ११:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) का लागि बोलाएको सात दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ। 

चाडपर्वको मुखमा उपभोक्ताहरूको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको विरोधमा रास्वपाले बैठक बहिष्कार गरेको हो।  

‘चाडपर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ’, रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार  गरेका छौँ। थप कार्यक्रमबारे जानकारी दिनेछौँ।’

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्यास तथा पेट्रोलमा भारी मूल्यवृद्धि गरिएको छ। 

साता लामो चीन भ्रमण सकेर शनिबार मात्र स्वदेश आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैका लागि सात दलको बैठक बोलाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .