ad ad

राजनीति


आजै बस्नेगरी प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक

आजै बस्नेगरी प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १०:५७, काठमाडौँ

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै (आइतबार) कै लागि सात दलको बैठक बोलाएका छन्। 

साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्टै उनले सात दलका नेतालाई छलफलका लागि बोलाएका हुन्।  

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार अहिले बिहान ११ बजेका लागि सात दलको बैठक बोलाएका हुन्।  

‘संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त ७ दलका शीर्ष नेताहरूलाई प्रधानमन्त्रीज्यूले छलफलका लागि बोलाउनुभएको छ, विशेषगरी आजबाट सुरु हुने संसद बैठकलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा बैठक राख्नुभएको हो’, शर्माले नेपालखबरसँग भने।  

यसअघि बिहान प्रधानमन्त्रीले बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्ताैलासँग छलफल गरेका थिए।  

आज प्रतिनिधिसभाको बैठक बस्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .