ad ad

राजनीति


आज बस्ने प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयक पेस हुने

आज बस्ने प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयक पेस हुने

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार ८:१०, काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार दिउँसो १ बजेका संघीय संसदको प्रतिनिधि सभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

आजको बैठकमा शिक्षा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने छ। 

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ। 

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ। 

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .