नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मालाई मनोनयन गरिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएको दलित संघमा विश्वकर्मालाई अध्यक्ष बनाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले विधानको धारा ४२ (१) (च) बमोजिम संघको अध्यक्षमा सुर्खेतका बासिन्दा लोकबहादुर विश्वकर्मालाई मनोनयन गरेका हुन्।
कांग्रेसको विधानले पार्टीका भ्रातृ संस्थाहरूले अधिवेशन गर्न नसकेको अवस्थामा त्यस्ता संघ÷संगठन विघटन गरी गठनको अधिकार पार्टी सभापतिलाई दिएको छ।
सभापति देउवाले यसअघि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिलासंघलगायत भ्रातृ संस्थामा अध्यक्षसहितका सदस्य मनोनय गरेका थिए।

45
Shares

प्रतिक्रिया