ad ad

राजनीति


ओलीको आरोप : पटक पटक प्रधानमन्त्री भएका देउवा र प्रचण्डले केही गर्न सकेनन्

ओलीको आरोप : पटक पटक प्रधानमन्त्री भएका देउवा र प्रचण्डले केही गर्न सकेनन्

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १६:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक प्रधानमन्त्री भएर पनि शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले केही गर्न नसकेको आरोप लगाएका छन्। 

एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार विराटनगरमा सम्बोधनका क्रममा उनले सत्ताधारी नेतामाथि प्रहार गरेका हुन्। 

ओलीले शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भएर पनि केही काम गर्न नसकेको आरोप लगाएका हुन्।

ओलीले एमालेले सरकारको नेतृत्वमा रहँदा उल्लेख्य काम गरेको पनि बताए। एमालेको विकासको नीतिले आत्तिएर खुद्रा पसल बन्द भएपछि विरोधीहरु मिलेर घेराबन्दी गर्न खोजेको बताए। 

प्राकृतिक र संस्कृतिक हिसाबले अगाडि भए पनि कोशी प्रदेशले विकासमा गति लिन नसकेको बताउँदै उनले अब एमालेले त्यो अभिभारा पूरा गर्नुपर्नेमा पनि जोड दिएका छन्। 

प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको ओलीले उल्लेख गरे। 

एमाले मिसन ०८४ मा लागिसकेको बताउँदै अध्यक्ष ओलीले अनेक घेराबन्दीबीच कोशी प्रदेशमा एमाले अगाडि रहेको उल्लेख गरे। 

ओलीले मूल कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको पनि बताए। तत्कालीन नेकपा सर्वोच्च अदालतले नभएर माधव र प्रचण्डले फुटाएको ओलीले आरोप लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .