ad ad

राजनीति


ईःलाई बालेन्द्रको पत्र : तपाईंका माग पूरा गर्न सकिँदैन

ईःलाई बालेन्द्रको पत्र : तपाईंका माग पूरा गर्न सकिँदैन

नेपालखबर
असोज १०, २०८० बुधबार १६:५६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः का माग पूरा गर्न नसक्ने बताएका छन्।

फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका अभियन्ता ईःको नाममा सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बालेन्द्रले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले काठमाडौंका फुटपाथमा व्यवसाय गर्न किन दिन सकिँदैन भन्नेबारे लामो स्पष्टीकरण दिएपछि भनेका छन्, ‘यस्तो धरातलमा तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला।’

बालेन्द्रले अगाडि लेखेका छन्, ‘संविधान, सार्वजनिक सडक ऐन जस्ता सम्बन्धित विषयहरु हामीले परिवर्तन गर्न सक्ने कुरा भएन। त्यसो भए फुटपाथमा व्यापार व्यवसाय गर्न दिइरहन महानगरले आँखा चिम्लिदिने तर्क आउन सक्ला। तर, गैरकानुनी कुरामा आँखा चिम्लिने जस्तो महानगर हेर्ने चाहना स्वयम् तपाईको पनि नहोला, विधिको पालना तपाईको पनि इच्छा होला भन्ने लाग्छ।’

बालेन्द्रले ईःको आन्दोलनमा ऐक्यवद्धता जनाउने केपी ओली, डा. बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्लेले ‘राजनीतिक बेइमानी’ गरेको पनि बालेन्द्रले बताएका छन्।

यस्तो छ उनको स्ट्याटस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .