नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्तता हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्। उनले महालेखापरिक्षक कार्यालयमा काम गर्नेहरुले लेखापरीक्षण गर्ने संस्थाको स्वतन्त्र स्वायत्तताका विषयमा प्रश्न उठाएको भन्दै सांसदहरुले महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त नभएको बुझ्ने बताए।
‘लेखारीक्षण गर्ने संस्था महालेखापरीक्षक कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ। संविधानको धारा २४० ले संवैधानिक परिषद्बाट महालेखापरीक्षक नियुक्ति हुन्छ। अन्य संवैधानिक निकायहरूको प्रमुखको नियुक्ति एउटै हो,’ उनले भने, ‘संस्था स्वतन्त्र र स्वायत्त छैन भने संविधानमा खोट छ। जसले संस्थालाई स्वतन्त्र र स्वायत्त बन्न दिएको छैन। त्यस्तो हो भने त्यसलाई संशोधन गर्नुपर्छ। हामी चाहन्छौं महालेखापरीक्षकको कार्यालय अझ बलियो, स्वतन्त्र र स्वायत्त होस्। यसमा कुनै हस्तक्षेप नहोस भन्ने चाहन्छौं।’
उनले संविधानको धारा २४० ले संवैधानिक परिषद्बाट महालेखापरीक्षक नियुक्ति हुने प्रावधान रहेको बताए।
संविधानमा खोट भएर संस्थालाई स्वतन्त्र र स्वायत्त बन्न दिएको छैन भने त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताउँदै उनले आफूहरू महालेखापरीक्षकको कार्यालय अझ बलियो, स्वतन्त्र र स्वायत्त हुनुपर्छ र कुनै हस्तक्षेप हुनुहुन्न भन्ने पक्षमा रहेको बताए। उनले सरकारले न्यायाधीशको परीक्षामा फेलभएकाहरुलाई न्यायाधीश बनाउनु देशका लागि बिडम्बनापूर्ण अवस्था रहेको टिप्पणी गरे।
‘सरकारले न्यायाधीशको परीक्षामा फेल भएकाहरुलाई न्यायाधीश बनाउँछ। बिडम्बना छ हाम्रो देशमा। बेरुजुको हिसाबमा कस्ता मानिसहरू देशको सचिव वा मुख्य सचिव भएका होलान्। उनीहरूको बढुवामा कुनै आधार हुन्छ की हुँदैन। उसले काम गरेको मन्त्रालय वा कार्यालयमा करोडौंको बेरुजु छ,’ उनले भने, ‘त्यसको फस्र्यौट गर्ने कुनै काम गरको छैन तर उसको बढुवा किन हुन्छ। बढुवाको सन्दर्भमा कतै बेरुजुको मापदण्ड राख्नुपर्छ। बेरुजु बढाउँदै हिड्ने व्यक्ति देशको मुख्य सचिव भयो। उसले के सुशासनको कुरा गर्छ।’
उनले देशको सचिव वा मुख्य सचिवहरुको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताए। उनले बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्य सचिव हुँदा त्यो व्यक्तिले मुलुकको सुशासन कायम गराउन नसक्ने बताए।
Shares

प्रतिक्रिया