कला


धर्मको विषयमा सुन्दर विचार राखेको भन्दै शाहरुखको भारतभर प्रशंसा

धर्मको विषयमा सुन्दर विचार राखेको भन्दै शाहरुखको भारतभर प्रशंसा

नेपालखबर
माघ १२, २०७६ आइतबार १२:३३,

स्टार प्लसमा प्रसारण हुने नृत्यसँग सम्बन्धीत कार्यक्रम ‘डान्स प्लस’मा शाहरुखले भने,‘हाम्रो परिवारमा कहिल्यै हिन्दु, मुसलमानको कुराकानी हुँदैन। मेरी श्रीमती हिन्दु हुन्, म मुसलमान हु र मेरा बच्चाहरु भारतीय हुन्।’

गएको शनिबार उक्त कार्यक्रम प्रसारण भएको थियो। उक्त कार्यक्रममा साहरुखले भनेका थिए,‘मैले विद्यालयमा हुँदा कैयौंपटक म कुन धर्म हो भनेर लेख्नु पथ्र्यो। जब मेरी छोरी सानी थिइन् उनी आफू कुन धर्मको हो भनेर प्रश्न गर्थिन्। मैले हामी भारतीय हौं भनेर जवाफ दिन्थे।’

शाहरुखले धर्मको विषयमा आफ्ना प्रतिक्रिया दिएपछि यतिबेला उनको प्रशंसा देशभरबाट भइरहेको छ। मानिसहरुले धर्मलाई मिठो भाषामा शाहरुखले व्याख्या गरेको बताइरहेका छन्।

शाहरुख भारतमा चर्चित कलाकार हुन्। धर्मको विषयमा स्पष्ट विचार दिएपछि यतिबेला उनको लोकप्रियता झनै बढेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad