ad ad

राजनीति


राजनीतिक असमझादारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे

राजनीतिक असमझादारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे

नेपालखबर
असोज ८, २०८० सोमबार २१:५२, झापा

संघीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन्।

झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताए। ‘राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उहाँहरूलाई एकठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु’, उनले भने, ‘यसमा एक खालको सफलता मिलेको छ।’

सरकारले ल्याएका ऐन–विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिररहेको सभामुख घिमिरेको भनाइ छ।

सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको बताउँदै उनले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गरे। सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत छलफल गर्नुपर्नेमा जोड दिए।

‘संसद्मा विधेयक आउने वित्तिकै त्यसको व्यापाक विरोध भइरहेको अवस्था छ’, उनले भने, ‘विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ।’

झापा क्षेत्र नं २ का संसद्समेत रहेका उनले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताए। यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .