ad ad

राजनीति


नेपाल–चीन रणनीतिक साझेदारीबारे छलफल, बीआरआईमा भएन प्रगति

नेपाल–चीन रणनीतिक साझेदारीबारे छलफल, बीआरआईमा भएन प्रगति

नेपालखबर
असोज ६, २०८० शनिबार १६:५८, काठमाडौँ

चीनको एक हप्ते भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय वार्तामा दुई देशबीच रणनीतिक साझेदारीका विषयमा कुराकानी भएको छ।

हाङ्जाओ सहरमा दुई पक्षका प्रतिनिधिमण्डलसहित भएको भेटवार्तामा नेपाल–चीन रणनीतिक साझेदारीको बारेमा छलफल भएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

उक्त छलफलमा चिनियाँ महत्त्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनबारे छलफल भए पनि ठोस प्रगति भने हुन सकेन। नेपाली पक्षले कार्यान्वयनका लागि गृहकार्य नपुगेको जनाएको छ।

‘बीआरआई कार्यान्वयन सम्झौताबारे आजको छलफलमा कुरा भएको छैन। भोलिसम्म हेरौं, कुरा हुनसक्छ,’ उनले भने।

चिनियाँ विदेश मन्त्रालयले द्विपक्षीय वार्तापछि चीन र नेपालले भूगोलमा साना-ठूला भए पनि समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण स्थापित गरेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .