ad ad

राजनीति


मानबहादुर विश्वकर्माले भने : देशले थेग्न सक्दैन, अब समानुपातिक प्रणाली खारेज गरौँ

मानबहादुर विश्वकर्माले भने : देशले थेग्न सक्दैन, अब समानुपातिक प्रणाली खारेज गरौँ

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले अब समानुपातिक प्रणालीलाई खारेज गर्ने समय आएको बताएका छन्।

‘समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली लागु भएका कुनै पनि देशमा बहुमत आएको छैन। अहिले नेपालमा पनि आउँदैन’, उनले भने, ‘यसो हुँदा बाह्रै महिना सरकार टिकाउन संघर्ष गर्नुपरेको छ। अब समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली गर्नुपर्छ।’

विश्वकर्माले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा दलित र महिलासहितका लागि अलग्गै आरक्षण गर्नुपर्ने बताए। ‘प्रत्यक्ष निर्वाचन प्रणालीमै निश्चित आरक्षण गरेर जाऊँ’, उनले भने, ‘अहिलेको प्रणालीले देशले नराम्रो अवस्था भोग्न सक्छ। त्यसैले यसलाई सच्याउने बेला भइसकेको छ। अब पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा जान ढिला नगरौँ।’

फरक प्रसंगमा विश्वकर्माले विगत १२ वर्षदेखि दलित संघको अधिवेशन हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए। 

‘दलित संघ चलायमान हुन नसक्दा अरु दलमा भएका दलितहरुलाई पार्टीमा ल्याउन सकिएन’, उनले भने, ‘दलित संघको महाधिवेशन गर्न तदर्थ समिति बनाऊँ। अरु संगठनमा जस्तो सयौँलाई मनोनीत नगरौँ। ४०/५० जनाको तदर्थ समिति बनाएर महाधिवेशनमा जाऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .