ad ad

बागमती


समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छिन्।

शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखि नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्। 

‘समृद्ध नेपाल सुखि नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ। महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु कदापी होइन। महिला र पुरुष सँगसँगै एकै रथको दुई पांग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थ हुनसक्छ,’ उनले भनिन्, ‘हामी सबैले भन्दै आएको मिसन ८४ मा हामीले एकजुट भएर लाग्ने हो। युवा पुस्तालाई पनि सँगसँगै लग्नुपर्ने आवश्यकता छ। पार्टीलाई अझ सुदृढ गर्दै जाने हो भने सक्षम युवालाई अघि सार्नुपनि आजको आवश्यकता हो। यो कुरालाई मनन गर्दै अगाडी बढ्नुपर्छ।’

उनले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन्। उनले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताइन्।

‘पार्टीका हरेक संगठनमा पनि युवाहरूलाई ग्रुम गर्दै लैजानुपर्ने आजको आवश्यकता छ। समयमै ग्रुम गर्दै नलग्ने हो भने हामी धेरै पछि पर्छौं। पछि पर्न हामी तयार छैनौँ। हामी अघि बढ्न तयार छौँ भने आजको मागलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेछ,,’ उनले भनिन्, ‘युवालाई पार्टीमा स्वागत गर्दै जाने हो भने हामीले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्छ र दिनचर्यालाई पनि राजनीति सँगसँगै जोड्दै लैजानुपर्नेछ।’

उनले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताइन्। पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि डंगोलले उल्लेख गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .