ad ad

राजनीति


राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

राप्रपा नेपालको बैठक


नेपालखबर
असोज १, २०८० सोमबार १७:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। 

सोमबार पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले उक्त निर्णय गरेको हो।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउने र राँके जुलुस निकाल्ने निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले बताए। 

प्रदर्शनलाई ब्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भ्रातृसंगठन र आमजनतालाई आह्वान गरेको बर्तौलाले जानकारी दिए। 

बैठकमा गत भाद्र २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमबारे छलफल भएको थियो। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले मुक्तिका लागि अब सडक संघर्षबाट ब्यवस्था परिवर्तनमा जोड दिए। 

'यो ब्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यबस्था ल्याउनुपर्दछ', थापाले भने। 

बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .