ad ad

समाज


मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


नेपालखबर
असोज १, २०८० सोमबार १७:३१, काठमाडौँ

सर्लाही सदरमुकाम मलंगवामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सोमबार दिउँसो मलंगवा नगरपालिका–४ मा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामदर्शन पासवानकी ४ वर्षीया छोरी नन्दनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बालिकालाई ठक्कर दिएपछि मोटरसाइकल लिएर चालक फरार भएको कारण नम्बर खुल्न नसकेको डीएसपी कैलाश राईले जानकारी दिए।

‘ठक्करबाट गम्भीर घाइते बालिकालाई उपचारको लागि तत्कालै प्रादेशिक अस्पताल लगिएको थियो,’ डीएसपी राईले भने, ‘अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन्।’

बालिकाको शव अहिले पनि अस्पतालमै छ।

घटनास्थल वरपर राखिएका सीसीटीभीको सहायतामा मोटरसाइकल चालकको खोजी भइरहेको राइले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .