ad ad

राजनीति


जनमोर्चा डोटीको अध्यक्षमा डबल बोगटी, डडेल्धुरामा चन्द्रदेव विक

जनमोर्चा डोटीको अध्यक्षमा डबल बोगटी, डडेल्धुरामा चन्द्रदेव विक

नेपालखबर
भदौ ३१, २०८० आइतबार १६:२४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले देशब्यापी जिल्ला अधिवेशन गर्ने क्रममा डोटी र डडेल्धुराको अधिवेशन सम्पन्न गरेको छ।

दुवै जिल्ला अधिवेशनले जनमोर्चाको नयाँ नेतृत्व चयन गरेको छ।

राजमो डोटीको दिपायलमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले डबलबहादुर बोगटीको अध्यक्षतामा २१ पूर्ण, ४ वैकल्पिक र ६ सल्लाहकार गरी ३१ सदस्यीय नयाँ समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा रमेश अवस्थी, सचिव मानबहादुर खड्का, सहसचिव खगेन्द्र जोशी र कोषाध्यक्षमा नरेन्द्र विष्ट चयन भएका छन्।

सम्मेलनको उद्घाटन जनमोर्चाका महासचिव मनोज भट्टले शनिबार गरेका थिए।

यता, राष्ट्रिय जनमोर्चा डडेल्धुराको अध्यक्षमा चन्द्रदेव विक चयन भएका छन्। अधिवेशनले विकको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिव टंक अवस्थी, सहसचिव हरिष विक र कोषाध्यक्षमा रघुवीर कामी चयन भएका छन्।

‘राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, वैदेशिक हस्तक्षेपको विरोध तथा संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरू भएको दोस्रो जिल्ला भेलाको उद्घाटन राजमो केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .