राजनीति


महेन्द्र यादवमाथि खुकुरी प्रहारबारे सरकारको जवाफ : शान्ति सुरक्षामा तलमाथि हुँदैन

महेन्द्र यादवमाथि खुकुरी प्रहारबारे सरकारको जवाफ : शान्ति सुरक्षामा तलमाथि हुँदैन

संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १४:२७, काठमाडौँ

सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको जनाएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन्। 

गत भदौ २० गते भृकुटीमण्डमा यादवमाथि भएको खुकुरी प्रहारपछि सत्ता साझेदार नेपाली कांग्रेस आक्रोशित छ। यस्तोमा प्रचण्डले यादवमाथि आक्रमणमा संलग्नलाई कारबाहीको प्रतिवद्धता पनि जनाए। 

‘नेपाली कांग्रेसका सह-ममहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको छ’, उनले भने, ‘यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम गर्न सकार प्रतिवद्ध छ।’

यसअघि यादव प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितले अब सडकमा एक्लै हिँड्न पनि नसकिने अवस्था आएको भन्दै सरकारको कडा आलोचना गरेका थिए। 

खुकुरी प्रहारबाट घाइते नेपाली यादव अहिले राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचाररत छन्। 

उता खुकुरी प्रहारमा संलग्न नुवाकोटका श्याम सापकोटालाई प्रहरीले तत्कालै पक्राउ गरेर मुद्दा प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .