ad ad

राजनीति


बाल दिवसमा केपी ओली : म लामो समय बाँचे, अब छोटो समय बाँच्नु छ!

बाल दिवसमा केपी ओली : म लामो समय बाँचे, अब छोटो समय बाँच्नु छ!

नेपालखबर
भदौ २९, २०८० शुक्रबार १३:४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू बालबालिकासँग आकर्षित हुने गरेको बताएका छन्। 

५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज सामाजिक सञ्जालमा बालबालिकासँगका केही तस्बिर राख्दै ओलीले बालबालिकाको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। 

‘म कहिलेकाहीं सोच्छु- म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् !,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु।’

उनले आफू लामो समय बाँचिसकेको भन्दै अब आफ्नो बाँच्ने समय छोटो रहेको बताएका छन्। 

‘म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ। यिनीहरुसँग लामो समय छ। हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ- मलाई बालबालिका प्यारा लाग्छन्। आज बाल दिवस- सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .