राष्ट्रिय जनमोर्चा, कैलालीको अध्यक्षमा जगतप्रसाद जोशी चयन भएका छन्।
मंगलबार धनगढीमा सम्पन्न पाँचौं जिल्ला सम्मेलनले सम्मेलनले जोशीको अध्यक्षतामा ३० सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा मिलन शाही, सचिव मेरजन शाही, सहसचिव अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा कुन्ती पाण्डे चयन भएका छन्।
सम्मेलनले चार जना वैकल्पिक सदस्य र सात जनालाई सल्लाहकार चयन गरेको छ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गरे।
कार्यक्रममा वरिष्ठ वामपन्थी नेता आरसी भट्ट, जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जनमोर्चा कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर कार्की, जातीय समता समाजका केन्द्रीय सदस्य शेरबहादुर विक, जनजाती नेता खड्क राना, नेता नुमबहादुर पुन लगायतले सफलताको शुभकामना दिएका थिए।
राष्ट्रिय जनमोर्चाले यतिबेला विभिन्न जिल्लाहरुमा धमाधम जिल्ला अधिवेशन गरिरहेको छ। यसअघि सोमबार मात्रै कञ्चनपुरको अधिवेशन सम्पन्न गरेको जनमोर्चाले भदौ ३१ गते डोटीको अधिवेशन गर्ने तयारी भइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया