ad ad

राजनीति


सुवास नेम्वाङको पार्थिव शरीर आज दिउँसो एमाले पार्टी कार्यालयबाट निवासमा लगिने

सुवास नेम्वाङको पार्थिव शरीर आज दिउँसो एमाले पार्टी कार्यालयबाट निवासमा लगिने

नेपालखबर
भदौ २७, २०८० बुधबार ८:२९, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज (बुधबार) दिउँसोदेखि उनको आफ्नै निवासमा राखिने भएको छ। 

सोमबार बिहानदेखि श्रद्धाञ्जलिका लागि ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको शव दिउँसो १ बजेपछि वालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ। 

दिउँसोपछि बालुवाटारस्थित निवासमा राखेर नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था मिलाइएको विष्टले बताए।

विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ। 

एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। 

सरकारले पनि नेम्वाङको दाह संस्कार हुने दिन (बिहीबार) देशभर सार्वजनिक बिदा दिने र राजकीय सम्मानसहित नेम्वाङको अन्त्यष्टि गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .